तरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा
म्याग्दी | माघ २७, २०८१
म्याग्दी: जिल्लाको दरबाङ र नारच्याङमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको आयोजनामा तरुण कप भलिबल प्रतियोगिता– २०८१ हुने भएको छ ।
म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता आगामी फागुन ७, ८ र ९ गते मालिका गाउँपालिका–६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवं अन्तरपालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा हुने आयोजकले जनाएको छ ।
तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका मगरले तरुण कप–२०८१ को तयारीलाई तीव्र पारिएको जानकारी गराउनुभयो ।
दुवै प्रतियोगिताको पुरुष विधातर्फका विजेताले रु एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । उपविजेताले रु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
त्यसैगरी महिला भलिबल विधाका विजेताले रु ७७ हजार सात सय ७७ र उपविजेताले रु ४४ हजार ४४४ ट्रफी मेडलका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
रु १५ लाख ५० हजार बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा ,स्वास्थ्यलगायत क्षेत्रमा खर्च गर्ने तरुणदल म्याग्दीले जनाएको छ ।
काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था ...
पोखरा: लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घकी अध्यक्ष...
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

